FAQs Complain Problems

समाचार

विपद व्यवस्थापनको रकम सम्बन्धमा

जगन्नाथ गाँउ कार्यपालिकाको बैठक नं ३२, मिति २०७५।१०।०९ को निर्णय अनुसार गाँउपालिका भित्र दैबि प्रकोप (बाढी,पहिरो,हावाहुरी,अविरल बर्षा,आगलागी,भु–क्षय,चट्टयाँङ्ग) बाट भएको मानविय,भौतिक,आर्थिक र सार्वजनिक सम्पत्तिको क्षति बापत कार्यपालिकाको निर्णय अनुसार प्रहरी मुचुल्का,जिल्ला प्रहरी कार्यालयको पत्र,जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र र वडा कार्यालयको सिफारिसका आधारमा गाँउपालिका भित्र भएको क्षतिका आधारमा तिन किसिमले राहत उपलब्ध गराउने निर्णय गरेकोछ । मानविय क्षति वापत रु २५,०००। अंगभंग भएमा रु १०,०००। र भौतिक क्षति भएमा रु ३,०००। का दरले प्रक्रियागत गाँउपालिकामा निवेदन पेश गरेका आधारमा १० महिनाको अवधिमा गाँउपालिकाले चार जना मृतकका परिवारलाई रु ७८,०००।,अंगभंग वापत चार जनाका परिवारलाई रु ४०,०००। र भौतिक क्षति भएका उनन्तीस परिवारलाई रु ८७,०००। गरि सैंतिस घरधुरीलाई रु २,०५,०००। उपलब्ध गाँउपालिकाले राहत रकम उपलब्ध गराएकोछ ।

आर्थिक वर्ष: