FAQs Complain Problems

समाचार

घुम्ति शिविर समापन

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा स्वास्थ्य परिक्षण,नागरिकता वितरण, पञ्जिकरण,अपाङ्गता जाँच र परिचय पत्र वितरण,भिडियो एक्सरे,कृर्षिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराईएको थियो । घुम्ती शिविरको औपचारिक उद्घाटन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले ९६ बर्षिय कल्या बडुवाललाई नागरिकता हस्तान्तरण गर्नु भएको थियो भने,सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल र स्वामीकार्तिक खापर गाँउपालिकाका उपाध्यक्ष मिमा बुढाले खादा र माला लगाएर कल्या बडुवाललाई स्वागत गर्नु भएको थियो । आमाले नागरिकता पाँएकोमा ६५ बर्षिय जग्गी बडुवाल र ९६ बर्षमा नागरिकता पाँउदा आमा कल्या बडुवाल खुसी देखिनु भएको थियो ।

घुम्ती शिविरका लागि मंसिर १ र २ गतेलाई तोकिए पनि सेवा ग्राहीको चापका कारण १ दिन थप गरेर ३ दिन संचालन गरिएको छ । स्वामीकार्तिक खापर गाँउपालिकाका वडा नं १ र २ का जनतालाई जुड्डीमा पाएक पर्ने भएकोले जगन्नाथ गाँउपालिका र स्वामीकार्तिक खापर गाँउपालिकाका सेवाग्राहीहरुलाई नागरिकता वितरण,स्वास्थ्य परिक्षण,पञ्जिकरण,अपाङ्ग परिचय पत्र वितरण लगायतका सेवा उपलब्ध गराइएको छ । स्वास्थ्य शिविरको नेतृत्व डा.रुपचन्द्र विश्वर्कमा,धर्मा थापा र लाल बहादुर खड्का गर्नु भएको थियो । शिविरमा ५९८ जनाको स्वास्थ्य परिक्षण १२१ जनाको भिडियो एक्सरे र ३२ जनाको ल्याव परिक्षण गर्नुका साथै डाक्टरको सल्लाह अनुसार विरामीहरुलाई औषधि वितरण गरियो । १०४ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदनको आधारमा जगन्नाथ गाँउपालिकाको अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि २०७६ अनुसार नेपाल सरकारले निर्धारण गरेका मापदण्डका आधारमा ५३ जना व्यक्तिहरुलाई अपाङ्ग परिचय पत्र वितरण गरियो । घुम्ती शिविरमा ४६९ जनाले नागरिकता प्राप्त गरेका छन । जसमा पुरुष १९० जना र महिला २७९ लाभान्वित भएकाछन । स्वामीकार्तिक खापर गाँउपालिकाका वडा नं १ र २ का १०९ जनालाई नागरिकता वितरण गरियो । जगन्नाथ गाँउपालिका भित्रका ३५७ जनाले नागरिकता प्राप्त गरेका छन । घर नजिकै सेवा प्राप्त गर्न पाँउदा स्थानिय वासीले खुसी व्यक्त गरेकाछन । शिविर व्यवस्थापनको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेले गर्नु भएको थियो ।

समापन कार्यक्रममा गााँउपालिका अध्यक्ष काली बहादुर शाहीले शिविर व्यवस्थित र मर्यादित रुपमा संचालन भएकोमा खुसि व्यक्त गर्दै शिविरमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरा,जिल्ला स्वास्थ्य कार्यालय बाजुरा,कृर्षि ज्ञान केन्द्र बाजुरा,रेडियो बुढीनन्दा,कार्यपालिका सदस्य,कर्मचारी र सम्पुर्ण सेवाग्राहीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

आर्थिक वर्ष: