FAQs Complain Problems

समाचार

जगन्नाथ गाँउपालिकामा सरकारले दिएको सिलिगं भन्दा थप ५ करोड बजेट

जगन्नाथ गाँउपालिकाले यो आर्थिक बर्षमा थप ५ करोड २३ लाख बजेट आएको छ । जगन्नाथ गाँउपालिका अध्यक्ष काली बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेको पहलमा नेपाल सरकारले दिएको सिलिगं भन्दा यस बर्ष थप ५ करोड २३ लाख बजेट भित्र्याउन सफल भएको गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश पुर्वाधार कार्यक्रम बाट रु ४८ लाख, स्थानिय पुर्वाधार विकास पुर्वाधार विकास कार्यऋम बाट रु ९० लाख (संघिय संसद विकास कोष), राष्टिय योजना आयोग बाट समपुरक र विशेष अनुदान बाट रु ३ करोड १० लाख रकम आएको छ । त्यस्तै प्रदेश विशेष अनुदान बाट रु ७५ लाख रकम थप आएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेले बडिमालिका खबरलाई वातएका छन् ।
भौतिक पुर्वाधारका योजनाहरुमा बिगतमा श्रमदान २० प्रतिशत कायम गरेपनि प्रभावकारी रुपमा लागु हुन सकेको थिएन् । जगन्नाथ गाँउपालिकाका विभिन्न निकाय बाट प्राप्त स्रोतको सहि सदुपयोग गर्नका लागि गाँउपालिकाले यसलाइ परिवर्तन गरि सडकको हकमा १० प्रतिशत र अन्य योजनाहरुमा ७.५ प्रतिशत श्रमदानलाइ कडाइका साथ लागु गर्ने निर्णय गरेको छ । लागत इष्टमेटको ५ प्रतिशत रकम अन्तिम भुक्तानी लिदा गाँउपालिकाको धरौटी खातामा जम्मा गर्नु पर्ने र उक्त धरौटी रकम योजना सम्पन्न भएको एक बर्ष पछि योजनामा कुनै समस्या नआएमा प्राविधिकको अनुगमन प्रतिवेदनका आधारमा सम्वन्धित योजनाको खातामा जम्मा गर्ने निर्णय गरेको छ ।
यो आर्थिक बर्षमा गाँउपालिका मार्फत संचालिन कुल ६० ओटा योजनाका उपभोक्ता समितिहरुलाइ योजना संचालन पुर्व र सम्पन्न पश्चात तालिम र उत्कृष्ठ योजना निर्माण गर्ने उपभोक्ता समितिलाइ रु ५० हजार पुरस्कारको व्यवस्था गरेको छ । योजनाहरु कमसल बनाउदा धरौटी रकम फिर्ता नआउने हुँदा उपभोक्ता समिति गुणस्तरीय योजना बनाउने देखिन्छन । योजनाहरु गुणस्तरीय बनाउनका लागि गाँउपालिकाका वडा अध्यक्ष, प्राविधिक र प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा अनुगमन टोली गठन गरि अनुगमन कार्य शुरु गरिएको छ । जगन्नाथ गाँउपालिकाले यस बर्ष भौतिक पुर्वाधारका योजनाहरुमा कुल रु ११ करोड ४० लाख रकम विनियोजन गर्नुका साथै प्रति वडा औषत रु २ करोड रकम पुर्वाधार विकासमा खर्च हुने देखिन्छ ।
जगन्नाथ गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत यति बेला गाँउ गाँउमा जनतका समस्या बुझिरहेका छन् । गाँउपालिका अध्यक्ष कालि बहादुर शाहि, प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे लगायतको टोल योजनाको अनुगमन तथा समस्याको बारेमा बुझदै गाँउ गाँउमा गइरहेका छन।

आर्थिक वर्ष: