FAQs Complain Problems

समाचार

जगन्नाथ गाँउपालिकाकाे दशाैँ गाँउसभा सम्पन्न !!

जगन्नाथ गाउँपालिकाको हिउँदे अधिवेशन (दशौं गाउसभा) सम्पन्न भएको छ । उक्त सभाले केहि नीतिगत निर्णयहरु बस्ति स्तर बाट छनौट भएर आएका योजनाहरुलाई रकम विनियोजन गरिएको छ ।
संचारको पहुँच भन्दा टाडा रहेको यस पालिकालाई संचार संग जोडनका लागि गाउँपालिका भित्र सामुदायीक रेडियोको सव स्टेशन निर्माण गरिने निर्णय गरेकाे छ। सरस्वती मा.वि.ढाडाकोट (गणित),महादेव आधारभुत विद्यालय मनिकाँडा (गणित) अनुदान र खिरारुख आधारभुत विद्यालयमा स्वंयम सेवक शिक्षक भर्ना गर्ने, नेपाल सरकारले आर्थिक बर्ष २०७८।२०७९ को बजेट बक्तव्यमा विद्यालय कर्मचारी,लेखपाल र वालविकास सहजकर्ताको पारिश्रमिक बढाउनका लागि अर्थमन्त्रीले बजेट वक्तव्यमा घोषणा गरे पनि संघिय सरकारले थप बजेटको व्यवस्था नगरेको हुँदा जगन्नाथ गाउँपालिकाले २०७८ पौष १ गते बाट लागु हुने गरि विद्यालयको लेखापालको रु ७ हजार वालविकास सहजकर्ताको रु ८ हजार र कार्यालय सहयोगीको रु ७ हजार थप्ने निर्णय गरिएकाे जाेशीले जानकारी दिएका छन । सरकारले विनियोजन गरेको तलबमा थप तलब उपलब्ध गराइने छ।गाउँपालिकाको वडा नं ६,को भुगोल छरिएर रहेको र जनसंख्या पनि बढी रहेको हुँदा स्वास्थ्य शाखाको प्रतिवेदन अनुसार वडा नं ६,मा सामुदायीक स्वास्थ्य इकाई थप गर्ने निर्णय गरिएका छन ।

आर्थिक वर्ष: