FAQs Complain Problems

समाचार

जगन्नाथ गाँउपालिकामा ग र घ वर्गका अपाङ्ग हरुलाइ मासिक रुपमा भत्ता उपलब्ध गराउने

 क वर्ग
ख वर्ग
ग वर्ग
घ वर्ग
घ वर्ग

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा ११५ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदन संकलन पश्चात चिकित्सकको सुझावका आधारमा जगन्नाथ गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी कार्यविधी २०७६ बमोजिम नेपाल सरकारले निर्धारण गरेका मापदण्डका आधारमा “क” बर्गका ५ जना, “ख” बर्गका १२ जना, “ग” बर्गका ३० जना र “घ” बर्गका २० जना गरि कुल ६७ जनालाई अपाङ्ग परिचय पत्र वितरण गर्ने निर्णय गरियो । नेपाल सरकारले “क” र “ख” बर्गका व्यक्तिहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराँउदै आएको भएपनि “ग” र “घ” बर्गका व्यक्तिहरु सामाजिक सुरक्षा बाट बन्चित भएका कारण जगन्नाथ गाँउपालिकाको पाँचौ गाँउसभाले आर्थिक बर्ष २०७६÷२०७७ बाट “ग” र “घ”बर्गका व्यक्तिहरुलाई मासिक रुपले भत्ता उपलब्ध गराउने निर्णय गरे पश्चात मिति २०७६ मंसिर ७ गते बसेको कार्यपालिका बैठकले “ग”बर्गका अपाँङ्गहरुलाई मासिक रु ३००। र “घ” बर्गका अपाँङ्गहरुलाई मासिक रुपमा रु २००। गाँउपालिकाको आन्तरिक स्रोत बाट उपलब्ध गराउने निर्णय गरेकोछ । बिगतमा

महिला वालवालिका कार्यालय बाट जारी गरिएका अपाँङ्गता परिचय पत्रलाई माथि उल्लेखित कार्यविधिको आधारमा मिति २०७७ मंसिर १० गते भित्र जगन्नाथ गाँउपालिकामा नविकरण गरिसक्नु पर्नेछ । स्थानिय तह कार्यान्वयनमा आए पश्चात जिल्ला बाट अपाँङ्गता परिचय पत्र वितरणको काम रोकिएकोले गाँउपालिका उपाध्यक्ष,सहायक प्रमुख जिल्ला अधिकारी,चिकित्सक,सुरक्षाकर्मी  र अन्य सदस्यहरुको उपस्थितिमा बनेको समितिले नेपाल सरकारले तोकेको मापदण्डका आधारमा परिचय पत्र जारी गरेकोछ ।

आर्थिक वर्ष: