FAQs Complain Problems

समाचार

जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्धार गरिदै

 

 

जगन्नाथ गाँउपालिकाको मिति २०७७ जेष्ठ ६गते बसेको कार्यपालिका बैठक र मिति २०७७ जेषठ ९ गते बसेको विपद व्यवस्थापन समितिको बैठकले गाँउपालिका भित्रका नागरिक कोरोना भाइरस (Covid-19) र लकडाउनका कारण गाँउपालिका भित्रका नागरिकहरुलाई दोस्रो चरणमा प्रत्येक वडा कार्यालय सम्म चामल र नुन सहुलियत दरमा कोल्टीको रेटमा बिक्री वितरण गरिनेछ भने जिल्ला बाहिर औषधि उपचार गर्न गएर बाटोमा अलपत्र परेका,रोजिरोटीको लागि जिल्ला बाहिर गएर रोजिरोटी गुमाएका र पठनपाठनको शिलशिलमा जिल्ला रहेका तथा देश बाहिर बाट आएर सिमामा अलपत्र परेका नागरिकहरुलाई वास्तविक समस्याको आधारमा यातायातको व्यवस्था गरेर गाँउपालिका भित्र्याउने निर्णय गर्नुका साथै उपाध्यक्षको संयोजकत्वमा जिल्ला बाहिर बिचल्लीमा परेका व्यक्तिहरुको उद्धार समिति गठन गरिएकोछ ।सदस्यमा सम्बन्धित वडाका अडा अध्यक्ष लगायत जनप्रतिनिधिरहरु रहेकाछन ।समितिले वडा बाट ल्याएको तथ्याँकलाइ गाँउपालिकाले पुःन परिमार्जन पश्चात आवश्यक बजेट र सम्बन्धित स्थानिय प्रशासनमा पासका लागि  पहल गरिनेछ ।संघिय सरकार र प्रदेश सरकारले देश बाहिर रहेका नागरिकहरुलाई देश भित्र्याउनका लाग कुटनितिक रुपमा पहल गरिरहेको र देश भित्र आएमा गाँउपालिकाका नागरिकहरुको लागि गाँउपालिकाले आवश्यकताका आधारमा व्यवस्थापन गर्ने निर्णय गरेकोछ ।देश तथा विदेश बाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन स्थलमा राख्नका लागि गाँउपालिका भित्रका १४ वटा विद्यालयलाइ बनाउने तयारी गरिएको छ ।गाँउपालिकाले विपदको समयमा आर्थिक अनियमिता नहोस भनेर प्रत्येक पटक विपद व्यवस्थापन समितिको बैठकमा खर्च सार्वजिनक गर्ने गरिएकोछ ।

 

जिल्ला बाहिर बाट आउन चाँहनु हुने व्यक्तिहरुले निम्न नं हरुमा सम्पर्क गर्नु होला ।

  1. श्री ऐना गिरी – संयोजक                       मोवाइल नं - ९८६६२७३१४४
  2. श्री डबल बि.क. – सदस्य                      मोवाइल नं – ९८४८९७४१७४  
  3. श्री कर्ण बहादुर बिष्ट – सदस्य                  मोवाइल नं – ९८६५५६४०५४
  4. श्री चैते लवार – सदस्य                       मोवाइल नं – ९८४८४३२८२४
  5. श्री पदम बहादुर भण्डारी – सदस्य               मोवाइल नं – ९८६२११४९६७
  6. श्री प्रकाश बहादुर शाही – सदस्य                मोवाइल नं – ९८६५८७१६४५
  7. श्री कटक बहादुर बिष्ट – सदस्य                 मोवाइल नं – ९८६१८६०३८२
  8. श्री कुम्भराज जोशी – सदस्य सचिव           मोवाइल नं -   ९८४३४३४६५७

 

आर्थिक वर्ष: