FAQs Complain Problems

समाचार

जिल्ला बाहिर रहेकालाई राहत वितरण!!!!!

जगन्नाथ गाँउपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय भए पश्चात प्रत्येक वडा बाट आएको लगतलाई गाँउपालिकाले तिन वटा मापदण्ड नोकरी,जनप्रतिनिधि,उद्योग र व्यापार व्यवसाय गरिरहेका घरधुरी बाहेकका व्यक्तिलाई राहत दिने निर्णय भए अनुसार आएका तथ्याँकलाई विपद व्यवस्थापन समितिको बैठकले पुन परिमार्जन गरि प्रति व्यक्ति रु २,०००। र एकै घरका सदस्य भएमा प्रति सदस्य थप रु ५००। का दरले थपेर दिने निर्णय भए अनुसार गाँउपालिका भित्रका नागरिकलाई स्थानिय सरकार भएको महसुस भन्ने हिसावले एक महिनाको ग्यास र एक कठ्ठा चामल बराबरको रकम जिल्ला बाहिर रहेका व्यक्तिका अभिभावकको नागरिकता र परिचय पत्र राखेर भर्पाइ गरि बुझाउने र अभिभावक सहित बाहिर रहेका व्यक्तिका हकमा उनिहरुलाइ जुन ठाँउमा रहेका छन,सोही ठाँउमा बैंकिङ्ग प्रणालि मार्फत उपलब्ध गराउने निर्णय गरियो । जिल्ला बाहिर ज्याला मजदुरी गरेर खाने १० जना सम्म परिवार भएका घरधुरीले ६,५००। सम्म पाँउने भएका छन । राहत पाँउनेमा रोजिरोटीका लागि कैलाली,काठमाण्डौ, संखुवासभा र झापा सम्म पुगेका नागरिकलाई राहत वितरण गरिनेछ। वितरण गरिएको रकम दुरुपयोग नहोस भन्ने मनसायले अभिभावकलाइ बुझाइनेछ । लकडाउनका कारण गाँउपालिका भित्र समस्यामा परेका अति विपन्न ९२ घरधुरीलाइ ३० के.जि.चामल वडा कार्यालयले १/२ दिनमा वितरण गर्नेछ । वडा नं १ मा १६,वडा नं २ मा १५, वडा नं ३ मा १६,वडा नं ४ मा १४,वडा नं ५,मा १६ र वडा नं ६,मा १५ घरधुरीलाई छनौट गरिएकोछ । जो जुन ठाँउमा बसिरहेका छन,सोही ठाँउमा सुरक्षित तरिकाले बसुन र बाटोमा अलपत्र परेका नागरिकको उद्धार गाँउपालिकाले गर्ने निर्णय गरेकोछ ।

आर्थिक वर्ष: