FAQs Complain Problems

समाचार

गरिब घरपरिवार परिचयपत्र वितरण सम्बन्धी सूचना

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र व्यवस्थापन तथा वितरण कार्यविधि¸ २०६९ को दफा २९ को उपदफा (३) अनुसार पहिचान भएका गरिब घरपरिवारलाई यस गाउँपालिकाबाट देहाय बमोजिम परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेकोले यसै सूचना साथ टाँस गरिएको गरिब घरपरिवार पहिचान सर्वेक्षण¸ २०७० मा आधारित गरिब घरपरिवारको सूची बमोजिमका व्यक्तिहरुले परिचयपत्र वितरण हुने दिन भन्दा अगावै तल उल्लिखित कागजातहरुका साथ तयारि अवस्थामा रहनु हुन सूचित गरिन्छ ।

 

क्षेत्र              परिचयपत्र वितरण हुने मिति

वडा नं १         २०७५ साल भदौ २५ गते देखि २६ गते सम्म

वडा नं २         २०७५ साल भदौ २७ गते देखि २८ गते सम्म

वडा नं ३         २०७५ साल भदौ ३१ गते देखि असोज १ गते सम्म

वडा नं ४         २०७५ साल असोज २ गते देखि ३ गते सम्म

वडा नं ५         २०७५ साल असोज १० गते देखि ११ गते सम्म

वडा नं ६         २०७५ साल असोज १२ गते देखि १३ गते सम्म

 

जानकारीहरुः

१. परिचयपत्र प्राप्त गर्न आवश्यक कागजातहरुः

क. परिवारमूलीको पासपोर्ट साइजको फोटो २ प्रति

ख. नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति

ग. पारिवारिक विवरण संकलन फारामको फोटोकपी १ प्रति

 

२. परिवारमूली स्थायी रुपमा अनुपस्थित भएको वा फेला नपरेको वा निजको मृत्यू भएको भए परिवारको मुलीको सट्टा परिवारको अन्य सदस्यको नाममा परिचयपत्र प्राप्त गर्न आवश्यक कागजातहरुः

क. अन्य सदस्यको नाममा परिचयपत्र जारी गर्न वडा कार्यालयको सिफारिश पत्र

ख. परिवार मूलीको मृत्यू भएको अवस्थामा मृत्यू दर्ता प्रमाणपत्रको फोटोकपी

ग. उक्त सदस्यको परिवार मुलीसँगको नाता प्रमाणित पत्रको फोटोकपी

घ. उक्त सदस्यको पासपोर्ट साइजको फोटो २ प्रति

ङ. उक्त सदस्यको नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति

च. पारिवारिक विवरण संकलन फारामको फोटोकपी १ प्रति

 

३. पारिवारिक विवरण संकलन फाराम हराएको अवस्थामाम वडा अध्यक्ष वा सदस्यको सनाखती सिफारिश पत्र आवश्यक पर्नेछ ।

४. परिवार मूलीले नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको भए उल्लिखित मिति अगावै नागरिकता प्रमाणपत्र प्राप्त गरिसक्नु पर्नेछ । अथवा¸  परिवारको मुलीको सट्टा परिवारको अन्य सदस्यको नाममा परिचयपत्र प्राप्त गर्न बुँदा नं २ बमोजिमको प्रकृया अपनाउनु पर्नेछ ।

५. परिचयपत्र लिन आउँदा उपर्युक्त कागजातहरुको सक्कल साथै लिई आउनु पर्नेछ ।

६. परिचय पत्र लिन परिवार मूलि आफू स्वयम् आउनु पर्ने छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: