समाचार
जगन्नाथ गाउँकार्यपालिकाको मिति २०७५।५।३ गतेको बैठकको निर्णयउतार - बहुक्षेत्रीय पोषण स्वयंसेवक नियुक्ति सम्बन्धमा ।
प्रस्तावहरुः
१. बहुक्षेत्रीय पोषण स्वयं सेवक पदमा करारमा नियुक्तिका लागि छनौट तथा सिफारिश समिति गठन ।
२. बहुक्षेत्रीय पोषण स्वयं सेवकको पारीश्रमिक तथा अन्य सुविधाहरु निर्धारण ।
निर्णयहरुः
१. प्रस्ताव नं १ का सम्बन्धमा छलफल गर्दा बहुक्षेत्रीय पोषण स्वयं सेवक पदमा करार नियुक्ति प्रयोजनका लागि देहाय बमोजिको एक छनौट तथा सिफारिश समिति गठन गर्ने निर्णय गरियो ।
छनौट तथा सिफारिश समिति
१. प्र.प्र.अ.¸ श्री सुरेश खनाल संयोजक
२. स्वास्थ्य संयोजक¸ श्री पारस शाही सदस्य
३. ना.प्रा.स¸ श्री मंगल प्रसाद उपाध्याय सदस्य
४. प.से.प्रा. श्री विनोद अछामी सदस्य
२. प्रस्ताव नं २ का सम्बन्धमा छलफल गर्दा बहुक्षेत्रीय पोषण स्वयं सेवक पदको पारीश्रमिक मासिक रु १६¸०००।–(बहुक्षेत्रीय पोषण कार्यक्रमबाट रु १२०००।- र गाउँपालिकाबाट रु ४०००।- गरी) उपलब्ध गराउने ।