FAQs Complain Problems

समाचार

जगन्नाथ गाँउपालिकामा ई-पुस्तकालय जडान

बाजुरा जिल्लाकाे जगन्नाथ गाँउपालिकामा मिति २०७७ चैत्र १७ गते बाट गाँउपालिकाको केन्द्र जुड्डीमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई-पाटीको प्राविधिक सहयोगमा गाँउपालिकामा ई-पुस्तकालय जडान गरिएकोछ । साझा शिक्षा ई-पार्टीका तर्फ बाट शिशिर पाण्डे र बसन्त श्रेष्ठले कार्यपालिका बैठकमा पुस्तकालय संचालन र प्रयोगका बारेमा जानकारी गराउनुका साथै गाँउपालिका अध्यक्षलाई उक्त पुस्तकालयको समान हस्तान्तरण गरी संचालनमा ल्याइएकाे हाे ।
पुस्तकालयमा पुस्तक संग्रह ७ हजार ५ सय ६५,अडियो संग्रह २ हजार ८ सय १९,भिडियो संग्रह १ हजार ५ सय ११ र लेखक संग्रह ४ हजार ८७ रहेकाछन । पुस्तकालयमा पाठकको रुचि अनुसार साहित्य,बिषयगत सामाग्री,शिक्षण सामग्री,सन्दर्भ सामाग्री,शिक्षण सामाग्री र पत्रपत्रिकाहरु राखिएकाछन । उक्त ई-पुस्तकालय शिक्षाकेन्द्रित पुस्तकालय हो ।

आर्थिक वर्ष: